मानवीय सेवा र सामाजिक उत्तरदायित्वको उद्येश्य अनुरुप स्थापित भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव भिजन क्लव अफ काठमाडौंको संस्थामा आवध्दता चार्टर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । । गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यता र उप-प्रमुख सान्नानी लामाको विषेश आतिथ्यतामा गत शनिबारका मंसिर ९ गते ( नोभेम्बर २५ ) का दिन विविध कार्यक्रम सहित भिजन क्लव अफ काठमाडौंको संस्थामा आवध्दता चार्टर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
काठमाडौंको गोकर्णेश्वर ४ उतरवाहिनीमा स्थित हिमाली घरमा आयोजित कार्यक्रममा स्थानिय बाल- बालिकाहरुद्वारा साँस्कृतिक महत्व सहितको मौलिक बाद्यय बाधन सहित पानसमा दिप प्रज्वलन गरि उद्याटन गरिएको थियो ।
दुई चरणमा विभाजित कार्यक्रमको पहिलो चरणमा संस्थाका अन्तराष्ट्रिय अध्यक्ष मंगल दास श्रेष्ठद्वारा संस्थागत उद्येश्य र योजना सहितको ओरेन्टेनसन प्रमुखतामा रहेको थियो भने दोस्रो चरण अन्तरगत चार्टर हस्तान्तरण, प्रमाणपत्र तथा संस्थाको पिन वितरण, संस्थाको आधिकारिक वेवसाईट र अनलाईन पत्रिका सार्वजनिक लगायतका कार्यक्रमहरु रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिपक कुमार रिसालले गोकर्णेश्वरमा हुने जुनसुकै विकासप्रेमी कार्यक्रममा आफ्नो पदिय र व्यक्तिगत दुवै सहयोग रहने बताएउनु भएको छ । मेयर रिसालले भिजन क्लवस् ईन्टरनेशनल र नगरपालिकाको उदेश्य समान समेत रहेकाले क्ल्वसले गर्ने कार्यहरुमा आफ्नो साथ रहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
त्यस्तै उपप्रमुख सान्नानी लामा, समाजसेवी ईन्द्र तामाङ, भिजन क्लव अफ काठमाडौंका संस्थापक अध्यक्ष राज कृष्ण श्रेष्ठ लगायतले पनि गोकर्णेश्वरको सामाजिक, पर्यटकिय, ऐतिहासिक, पूरातात्विक लगायत विविध क्षेत्रको उचित संरक्षण तथा विस्तार र विकासबारे आ आफ्ना धारण सहित भिजन क्लवस् ईन्टरनेशनलले सामाजिक क्षेत्रमा राखेको उद्येश्य र योजनामा आवश्यक सहकार्यको प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उक्त कार्यक्रम क्लवको सचिव ध्रुब कुमार श्रेष्ठले संचालन गर्नु भएको थियो ।
सामाजिक सेवा भाव सहित लामो समयको छलफल पश्चात सन् २०२१ को अगष्ट ११ तारिकका दिन अमेरिकाको न्यूयोर्कमा स्थापित नेपाली संस्था भिजन क्लबस् ईन्टरनेशनले संस्थाको अन्तराष्ट्रिय सम्मेलन आगामी सन २०२५ देखी हरेक वर्ष अमेरिकाका विभिन्न राज्यमा र क्षेत्रिय सम्मेलन हरेक वर्ष युरोपका विभिन्न देशहरुमा गर्ने समेत लक्ष्य राखेको छ ।
स्थापनाको छोटो समयमा नै बालबालिका, बृद्धबृद्धा, विपन्न लगायतका बर्ग लक्षित विविध कार्यक्रमहरु गर्दै आएको संस्थाले नेपाल अधिराज्य र विपतकालिन अवस्थाका समय विभिन्न देशहरुमा रहेका नेपाली समुदाय लक्षित सामाजिक कार्यका लागि प्रतिवद्धता समेत व्यक्त गर्दै आएको छ ।
संस्थागत अन्य जानकारी र सामाजिक कार्य संवद्ध सहयोग आदान प्रदानका लागि आफ्नै अनलाईन पत्रिका समेत सुरु गरेको क्लवस्ले नेपालको कला, संस्कृति, सम्पदा, शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका क्षेत्रमा हुँदै आएका आफ्ना संस्थागत गतिविधि साथै प्राचिन सम्पदा र संस्कृति संवद्ध जानकारी लगायतका सामग्री प्रकाशन तथा प्रसारण गर्ने छ ।
असोज ७, काठमाडौं । भिजन क्लब अफ काठमाण्डौंले आज मेलम्ची नगरपालिकामा शैक्षिक सामग्री स्टेशनरी वितरण गरेको छ । मेलम्ची न.पा वडा नं. ५ सिन्धुकोट स्थित...
भदौ १६, काठमाडौं । भिजन क्लब्स् ईन्टरनेशनलको पहीलो क्लब भिजन क्लब अफ काठमाडौंको कार्यालयको औपचारिक उद्घाटन भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४...
काठमाडौं । भिजन क्लब्स् इन्टरनेशनलको दोस्रो बार्षिक साधारण सभा तथा रिफ्रेशमेन्ट कार्यक्रम नगरकोट स्थित नगरकोट शांग्रीला रिसोर्टमा सम्पन्न भएको छ ।<...
भिजन क्लब्स् इन्टरनेशनल अन्तर्गत भिजन क्लब अफ काठमाडौंको आयोजनामा शनिवार गोकर्णेश्वर नगरपालिका वडा नं. २ नयाँपाटीमा भएको रक्तदान कार्यक्रममा २८ पिन...
फागुन ४, काठमाडौं । भिजन क्लबस् इन्टरनेशनलले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ गागलफेदीमा शैक्षिक सामग्री (स्टेशनरी) वितरण गरेको छ । शुक्र...
अमेरिकामा स्थापित नेपाली अन्तराष्टिय संस्था भिजन क्लवस् ईन्टरनेशनलले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार्यक्रम अनुरुप...
अमेरिकामा स्थापित अन्तराष्ट्रिय सामाजिक संस्था भिजन क्लवस् ईन्टरनेशनलले उर्लावारी नगरपालिका वडा नं. ८ स्थित बहादुर ब...
अमेरिकामा स्थापित नेपाली अन्तराष्टिय संस्था भिजन क्लवस् ईन्टरनेशनलले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार्यक्रम अनुरुप बुधबार (२०८० माघ ३ गते) स...
सामाजिक सेवामा क्रियाशिल संस्था भिजन क्लवस् ईन्टरनेशनद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । क्लवसको भिजन क्ल...
काठमाडौं पूर्वि क्षेत्रको अग्रणी क्लव 'गोकर्णेश्वर युवा उपकार क्लव'ले आफ्नो ३४ औं बार्षिक उत्सव सम्पन्न गरेको छ । सामाजिक सेवा हेतु वि सं २...
अमेरिकाको न्यूयोर्कमा स्थापित नेपाली सामाजिक संस्था भिजन क्लवस्ले सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । ...
बालबालिकालाई शैक्षिक सामग्री वितरण तथा दृष्टि विहिनहरुलाई भोजन सहित स्व. विर बहादुर तामाङको स्मृति कार्यक्रम सम्पन्न भएको छ । अल्पआयुमा नै दिवंगत स...
२०८० मंसिर २६ गते
सामाजिक सेवामा क्रियाशिल संस्था भिजन क्लवस् ईन्टरनेशनलले रक्तदान कार्यक्रमको आयोजना गर्न...
© Copyright
© Vision International News - All Rights Reserved
Power By: Futech Solution