फागुन ४, काठमाडौं । भिजन क्लबस् इन्टरनेशनलले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ गागलफेदीमा शैक्षिक सामग्री (स्टेशनरी) वितरण गरेको छ । शुक्रवार भिजन क्लब अफ काठमाडौंले बाल उद्धार माध्यामिक विद्यालयमा एक कार्यक्रम आयोजना गरि शैक्षिक सामग्री वितरण गरेको हो । क्लबले पेन्सिल, कापी तथा साइन्टिफिक क्यालकुलेटर वितरण गरेको हो ।
आज स्टेशनरी वितरण कार्यक्रममा संयुक्त राज्य अमेरीकाबाट नेपाल भ्रमणमा रहनु भएका भिजन क्लबस् इन्टरनेशनलका डाईरेक्टर तथा ग्लोबल युथ कोअर्डिनेटर भिसिआई जयेन्द्र लामाको विशेष उपस्थिती तथा भिजन क्लब अफ काठमाडौंका प्रेसिडेण्ट तथा भिजन क्लबस् इन्टरनेशनलको फष्ट भाईस प्रेशिडेण्ट भिसिआई राजकृष्ण श्रेष्ठको नेतृत्वमा, सेकेण्ड भाईस प्रेसिडेण्ट तथा इन्टरनेशनल डाईरेक्टर भिसिआई जीवन श्रेष्ठ, सेक्रेटरी तथा इन्टरनेशनल डाईरेक्टर भिसिआई ध्रुव कुमार श्रेष्ठ, ईन्टरनेशनल डाईरेक्टर तथा शिक्षा र कपि बैंक कोअर्डिनेटर भिसिआई जयराज श्रेष्ठ, ईन्टरनेशनल डाइरेक्टर भिसिआई विष्णु बहादुर श्रेष्ठ, भिसिआई शैलेस थापा सदस्यहरू भिसिआई प्रविण कारञ्जित र भिसिआई सूर्य कुमार श्रेष्ठ र कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका १ का वडा अध्यक्ष मुकुन्द गजुरेल लगायतको उपस्थितीमा भएको थियो ।
आज बाल उद्धार माध्यामिक विद्यालयका नर्सरी देखि ५ कक्षा सम्मका १०५ जना, कक्षा ६ र ७ का ३० जनालाई कापी र पेन्सिल तथा कक्षा ८, ९ र १० का ६० जना विद्यार्थीलाई साइन्टिफिक क्यालकुलेटर वितरण गरिएको थियो । शुक्रवार भिजन क्लब अफ काठमाडौंका टिम विद्यालयमै पुगेर स्टेशनरी वितरण गरिएको हो ।
विद्यार्थीहरूको शैक्षिक स्तर सुधारका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत क्लबले शैक्षिक सामग्री वितरण गरेको भिजन क्लबस् इन्टरनेशनलका डाईरेक्टर भिसिआई जयेन्द्र लामाले बताउनु भयो ।
भिजन क्लब अफ काठमाडौंका प्रेसिडेण्ट तथा फष्ट ईन्टरनेशनल भाईस प्रेशिडेण्ट भिसिआई राजकृष्ण श्रेष्ठका अनुसार सामाजिक सेवाको क्षेत्रमा उदाहरणीय कार्य गर्ने उदेश्यले स्थापना भएको क्लबले शिक्षा र स्वास्थ्यका साथै अन्य आवश्यकता अनुसारको सामाजिक विकासका क्षेत्रमा कार्य गर्दै जाने लक्ष्य अनुसार शैक्षिक सामग्री वितरण गरेको बताउनु भयो ।
सन् २०२१ अगष्ट ११ मा अमेरिकाको न्यूयोर्कमा स्थापना गरिएको भिजन क्लबस् इन्टरनेशनल विश्वव्यापी मानवीय सेवाको उदेश्य बोकेको अन्तराष्ट्रिय नेपाली संस्था हो भने यो संस्थाको अन्तराष्ट्रिय सम्मेलन सन २०२५ देखी हरेक वर्ष अमेरीका र क्षेत्रीय सम्मेलन यूरोपमा हुंदैछ । विश्वभरीको सदस्यहरूबाट उठेको शुल्क र सहयोग रकमहरू सबै नेपालमा पठाई नेपाल र नेपालीहरूको हितमा खर्च गर्ने एक मात्र अन्तराष्ट्रिय संस्था भिजन क्लवस् इन्टरनेशनल हो ।
असोज ७, काठमाडौं । भिजन क्लब अफ काठमाण्डौंले आज मेलम्ची नगरपालिकामा शैक्षिक सामग्री स्टेशनरी वितरण गरेको छ । मेलम्ची न.पा वडा नं. ५ सिन्धुकोट स्थित...
भदौ १६, काठमाडौं । भिजन क्लब्स् ईन्टरनेशनलको पहीलो क्लब भिजन क्लब अफ काठमाडौंको कार्यालयको औपचारिक उद्घाटन भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४...
काठमाडौं । भिजन क्लब्स् इन्टरनेशनलको दोस्रो बार्षिक साधारण सभा तथा रिफ्रेशमेन्ट कार्यक्रम नगरकोट स्थित नगरकोट शांग्रीला रिसोर्टमा सम्पन्न भएको छ ।<...
भिजन क्लब्स् इन्टरनेशनल अन्तर्गत भिजन क्लब अफ काठमाडौंको आयोजनामा शनिवार गोकर्णेश्वर नगरपालिका वडा नं. २ नयाँपाटीमा भएको रक्तदान कार्यक्रममा २८ पिन...
अमेरिकामा स्थापित नेपाली अन्तराष्टिय संस्था भिजन क्लवस् ईन्टरनेशनलले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार्यक्रम अनुरुप...
अमेरिकामा स्थापित अन्तराष्ट्रिय सामाजिक संस्था भिजन क्लवस् ईन्टरनेशनलले उर्लावारी नगरपालिका वडा नं. ८ स्थित बहादुर ब...
अमेरिकामा स्थापित नेपाली अन्तराष्टिय संस्था भिजन क्लवस् ईन्टरनेशनलले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार्यक्रम अनुरुप बुधबार (२०८० माघ ३ गते) स...
सामाजिक सेवामा क्रियाशिल संस्था भिजन क्लवस् ईन्टरनेशनद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । क्लवसको भिजन क्ल...
काठमाडौं पूर्वि क्षेत्रको अग्रणी क्लव 'गोकर्णेश्वर युवा उपकार क्लव'ले आफ्नो ३४ औं बार्षिक उत्सव सम्पन्न गरेको छ । सामाजिक सेवा हेतु वि सं २...
अमेरिकाको न्यूयोर्कमा स्थापित नेपाली सामाजिक संस्था भिजन क्लवस्ले सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । ...
बालबालिकालाई शैक्षिक सामग्री वितरण तथा दृष्टि विहिनहरुलाई भोजन सहित स्व. विर बहादुर तामाङको स्मृति कार्यक्रम सम्पन्न भएको छ । अल्पआयुमा नै दिवंगत स...
२०८० मंसिर २६ गते
सामाजिक सेवामा क्रियाशिल संस्था भिजन क्लवस् ईन्टरनेशनलले रक्तदान कार्यक्रमको आयोजना गर्न...
मानवीय सेवा र सामाजिक उत्तरदायित्वको उद्येश्य अनुरुप स्थापित भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव भिजन क्लव अफ काठमाडौंको संस्थामा...
© Copyright
© Vision International News - All Rights Reserved
Power By: Futech Solution