भिजन क्लब्स् इन्टरनेशनलद्वारा बाल उद्धार मा.वि. मा शैक्षिक सामग्री वितरण
समाचार 2 years ago

भिजन क्लब्स् इन्टरनेशनलद्वारा बाल उद्धार मा.वि. मा शैक्षिक सामग्री वितरण

Author

Admin

February 18, 2024

फागुन ४, काठमाडौं । भिजन क्लबस्  इन्टरनेशनलले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ गागलफेदीमा शैक्षिक सामग्री (स्टेशनरी) वितरण गरेको छ । शुक्रवार भिजन क्लब अफ काठमाडौंले बाल उद्धार माध्यामिक विद्यालयमा एक कार्यक्रम आयोजना गरि शैक्षिक सामग्री वितरण गरेको हो । क्लबले पेन्सिल, कापी तथा साइन्टिफिक क्यालकुलेटर वितरण गरेको हो ।

आज स्टेशनरी वितरण कार्यक्रममा संयुक्त राज्य अमेरीकाबाट नेपाल भ्रमणमा रहनु भएका भिजन क्लबस् इन्टरनेशनलका डाईरेक्टर तथा ग्लोबल युथ कोअर्डिनेटर भिसिआई जयेन्द्र लामाको विशेष उपस्थिती तथा भिजन क्लब अफ काठमाडौंका प्रेसिडेण्ट तथा भिजन क्लबस् इन्टरनेशनलको फष्ट भाईस प्रेशिडेण्ट भिसिआई राजकृष्ण श्रेष्ठको नेतृत्वमा, सेकेण्ड भाईस प्रेसिडेण्ट तथा इन्टरनेशनल डाईरेक्टर भिसिआई जीवन श्रेष्ठ, सेक्रेटरी तथा इन्टरनेशनल डाईरेक्टर भिसिआई ध्रुव कुमार श्रेष्ठ, ईन्टरनेशनल डाईरेक्टर तथा शिक्षा र कपि बैंक कोअर्डिनेटर भिसिआई जयराज श्रेष्ठ, ईन्टरनेशनल डाइरेक्टर भिसिआई विष्णु बहादुर श्रेष्ठ, भिसिआई शैलेस थापा सदस्यहरू भिसिआई प्रविण कारञ्जित र भिसिआई सूर्य कुमार श्रेष्ठ र कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका १ का वडा अध्यक्ष मुकुन्द गजुरेल लगायतको उपस्थितीमा भएको थियो ।

आज बाल उद्धार माध्यामिक विद्यालयका नर्सरी देखि ५ कक्षा सम्मका १०५ जना, कक्षा ६ र ७ का ३० जनालाई कापी र पेन्सिल तथा कक्षा ८, ९ र १० का ६० जना विद्यार्थीलाई साइन्टिफिक क्यालकुलेटर वितरण गरिएको थियो । शुक्रवार भिजन क्लब अफ काठमाडौंका टिम विद्यालयमै पुगेर स्टेशनरी वितरण गरिएको हो ।

विद्यार्थीहरूको शैक्षिक स्तर सुधारका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत क्लबले शैक्षिक सामग्री वितरण गरेको भिजन क्लबस् इन्टरनेशनलका डाईरेक्टर भिसिआई जयेन्द्र लामाले बताउनु भयो ।

भिजन क्लब अफ काठमाडौंका प्रेसिडेण्ट तथा फष्ट ईन्टरनेशनल भाईस प्रेशिडेण्ट भिसिआई राजकृष्ण श्रेष्ठका अनुसार सामाजिक सेवाको क्षेत्रमा उदाहरणीय कार्य गर्ने उदेश्यले स्थापना भएको क्लबले शिक्षा र स्वास्थ्यका साथै अन्य  आवश्यकता अनुसारको सामाजिक विकासका क्षेत्रमा कार्य गर्दै जाने लक्ष्य अनुसार शैक्षिक सामग्री वितरण गरेको बताउनु भयो ।

सन् २०२१ अगष्ट ११ मा अमेरिकाको न्यूयोर्कमा स्थापना गरिएको भिजन क्लबस् इन्टरनेशनल विश्वव्यापी मानवीय सेवाको उदेश्य बोकेको अन्तराष्ट्रिय नेपाली संस्था हो भने यो संस्थाको अन्तराष्ट्रिय सम्मेलन सन २०२५ देखी हरेक वर्ष अमेरीका र क्षेत्रीय सम्मेलन यूरोपमा हुंदैछ । विश्वभरीको सदस्यहरूबाट उठेको शुल्क र सहयोग रकमहरू सबै नेपालमा पठाई नेपाल र नेपालीहरूको हितमा खर्च गर्ने एक मात्र अन्तराष्ट्रिय संस्था भिजन क्लवस् इन्टरनेशनल हो ।

तपाईंलाई यो पनि मन पर्न सक्छ

भिजन क्लब काठमाडौंको दोस्रो बार्षिक साधारण सभा नगरकोटमा सम्पन्न
समाचार
04 Aug

भिजन क्लब काठमाडौंको दोस्रो बार्षिक साधारण सभा नगरकोटमा सम्पन्न

काठमाडौं । भिजन क्लब्स् इन्टरनेशनलको दोस्रो बार्षिक साधारण सभा तथा रिफ्रेशमेन्ट कार्यक्रम नगरकोट स्थित नगरकोट शांग्रीला...

भिनज क्लबसद्वारा एकै साथ काठमाडौंका २ बिद्यालयलाई शैक्षिक सामग्री सहयोग
समाचार
10 Feb

भिनज क्लबसद्वारा एकै साथ काठमाडौंका २ बिद्यालयलाई शैक्षिक सामग्री सहयोग

  अमेरिकामा स्थापित नेपाली अन्तराष्टिय संस्था भिजन क्लवस् ईन्टरनेशनलले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार...

भिजन क्लवसद्वारा उर्लावारीका अति विपन्न सन्थाल समुदायका विद्यार्थीलाई शैक्षिक  सामग्री वितरण
समाचार
04 Feb

भिजन क्लवसद्वारा उर्लावारीका अति विपन्न सन्थाल समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  अमेरिकामा स्थापित अन्तराष्ट्रिय  सामाजिक संस्था भिजन क्लवस् ईन्टरनेशनलले उर्लावारी नगरपालिका वडा नं. ८...

भिजन क्लवसद्वारा सिन्धुलीको कृष्ण प्राविका अति विपन्न विद्यार्थीलाई सहयोग
समाचार
18 Jan

भिजन क्लवसद्वारा सिन्धुलीको कृष्ण प्राविका अति विपन्न विद्यार्थीलाई सहयोग

अमेरिकामा स्थापित नेपाली अन्तराष्टिय संस्था भिजन क्लवस् ईन्टरनेशनलले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार्यक्रम अनुरु...

भिजन क्लव अफ काठमाडौंको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न: दृष्टि विहिन रक्तदाताको उपस्थिती उदाहरणिय
समाचार
14 Jan

भिजन क्लव अफ काठमाडौंको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न: दृष्टि विहिन रक्तदाताको उपस्थिती उदाहरणिय

  सामाजिक सेवामा क्रियाशिल संस्था भिजन क्लवस् ईन्टरनेशनद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको...

भिजन क्लवस ईन्टरनेशनलद्वारा सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
समाचार
23 Dec

भिजन क्लवस ईन्टरनेशनलद्वारा सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  अमेरिकाको न्यूयोर्कमा स्थापित नेपाली सामाजिक संस्था भिजन क्लवस्ले सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वि...

भिजन क्लवको संयोजकत्वमा शैक्षिक सामग्री वितरण
समाचार
20 Dec

भिजन क्लवको संयोजकत्वमा शैक्षिक सामग्री वितरण

बालबालिकालाई शैक्षिक सामग्री वितरण तथा दृष्टि विहिनहरुलाई भोजन सहित स्व. विर बहादुर तामाङको स्मृति कार्यक्रम सम्पन्न भएक...

भिजन क्लवस् ईन्टरनेशनलले गोकर्णेश्वरमा रक्तदान शिविर संचालन गर्दै
समाचार
12 Dec

भिजन क्लवस् ईन्टरनेशनलले गोकर्णेश्वरमा रक्तदान शिविर संचालन गर्दै

२०८० मंसिर २६ गते  सामाजिक सेवामा क्रियाशिल संस्था भिजन क्लवस् ईन्टरनेशनलले रक्तदान कार्यक्रमको आयोजना गर्ने भ...

भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव 'भिजन क्लव अफ काठमाडौं'को चार्टर हस्तान्तरण सम्पन्न
समाचार
11 Dec

भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव 'भिजन क्लव अफ काठमाडौं'को चार्टर हस्तान्तरण सम्पन्न

  मानवीय सेवा र सामाजिक उत्तरदायित्वको उद्येश्य अनुरुप स्थापित भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव भिजन क्लव अफ...

© २०२५ भिजन इन्टरनेशनल न्यूज। सबै अधिकार सुरक्षित।