भिजन क्लवसद्वारा सिन्धुलीको कृष्ण प्राविका अति विपन्न विद्यार्थीलाई सहयोग
समाचार 2 years ago

भिजन क्लवसद्वारा सिन्धुलीको कृष्ण प्राविका अति विपन्न विद्यार्थीलाई सहयोग

Author

Admin

January 18, 2024

अमेरिकामा स्थापित नेपाली अन्तराष्टिय संस्था भिजन क्लवस् ईन्टरनेशनलले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार्यक्रम अनुरुप बुधबार (२०८० माघ ३ गते) सिन्धुली जिल्लाको  दुधौली नगरपालीका स्थित वडा नं १४ मा रहेको श्री कृष्ण प्रा. बि. भोर्ले लामीडांडा, ककुर ठाकुरका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । दैनिक अक्षर सिकाई र गृहकार्यका लागि समेत कापी कलमको अभाव झेलिरहेका अति विपन्न विद्यार्थीको अवस्था निरिक्षण पश्चात विद्यालयमा अध्यनरत शिशु कक्षा देखी ५ कक्षा सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । 

 

विभिन्न भिजन सहितका चार्टर स्थापना गरेको संस्थाको विश्वव्यापि सामाजिक अवस्था सुधारको लक्ष्य अन्तरगतका कार्यक्रम मध्यको पहिलो प्राथमिकतामा रहेको शिक्षा, स्वास्थ्य योजना भित्रको यस कार्यक्रममा स्थानिय युवा क्लव र विद्यालयसंगको समन्वयमा शैक्षिक सामग्री वितरण गरिएको हो । 

 

समाज सेवा जस्तो शंवेदनशिल क्षेत्रमा आउने सहयोगको सहि सदुपयोग हुन सकेमात्र सम्बन्धित व्यक्तीले सो सहयोगको अनुभूत गर्न सक्ने यथार्थलाई ध्यानमा राखि  सहयोगका लागि अनुरोध गरिएका विद्यालयमाहरुमा संस्थाका केन्द्रिय साखा पदाधिकारी वा संस्था संवद्ध आधिकारिक व्यक्तीको भौतिक उपस्थितीमा कार्यक्रमहरु हुँदै आएका छन् । सोहि योजना अन्तरगतको यस पटकको सहयोग कार्यक्रमका लागि स्थानिय पृथ्वि बहादुर खत्रीले दिएको जानकारीका आधारमा संस्थागत निर्णय अनुसार विद्यार्थीको अवस्था निरिक्षण पश्चात खत्री नेतृत्वको श्री ककुरठाकुर युवा क्लबसंगको समन्वयमा भिजन क्लवस अफ काठमाडौद्वारा  शैक्षिक सामग्री वितरण भएको हो । 

 

वि.सं. २०५४ सालमा स्थापना भएको यस विद्यालयका विभिन्न कक्षामा अध्ययनरत अति विपन्न ५० जना विद्यार्धीलाई दैनिक प्रयोगका लागि अत्यावश्यक शैक्षिक सामग्री कापी कलम वितरण गरेको संस्थाले सो क्षेत्रका अन्य २ विद्यालयका विपन्न विद्यार्थीका लागि पनि शैक्षिक सामग्री वितरणको निर्णय गरेको छ । 

 

गत बर्ष नेपालका ५ विद्यालयका करिव ५ सय जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको क्लवस्ले आफ्नो स्वास्थ्य परियोजना अन्तरगतको कार्यक्रम अन्तरगत गत बर्ष यसै नगरपालिकाका सम्पूर्ण वडामा स्टेचर वितरण गरेको थियो । आपतकालिन अवस्थामा विरामी बोक्न असहज हुँदै आएको सो क्षेत्रमा क्लवसले एक वडा १ स्टेचर कार्यक्रम अन्तरगत १० वटै वडामा स्टेचर वितरण गरेको थियो । 

 

फोटो ग्यालेरी

Gallery image 1
Gallery image 2
Gallery image 3
Gallery image 4
Gallery image 5
Gallery image 6
Gallery image 7
Gallery image 8
Gallery image 9

तपाईंलाई यो पनि मन पर्न सक्छ

भिजन क्लब काठमाडौंको दोस्रो बार्षिक साधारण सभा नगरकोटमा सम्पन्न
समाचार
04 Aug

भिजन क्लब काठमाडौंको दोस्रो बार्षिक साधारण सभा नगरकोटमा सम्पन्न

काठमाडौं । भिजन क्लब्स् इन्टरनेशनलको दोस्रो बार्षिक साधारण सभा तथा रिफ्रेशमेन्ट कार्यक्रम नगरकोट स्थित नगरकोट शांग्रीला...

भिजन क्लब्स् इन्टरनेशनलद्वारा बाल उद्धार मा.वि. मा शैक्षिक सामग्री वितरण
समाचार
18 Feb

भिजन क्लब्स् इन्टरनेशनलद्वारा बाल उद्धार मा.वि. मा शैक्षिक सामग्री वितरण

फागुन ४, काठमाडौं । भिजन क्लबस्  इन्टरनेशनलले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ गागलफेदीमा शैक्षिक सामग्री (स्टे...

भिनज क्लबसद्वारा एकै साथ काठमाडौंका २ बिद्यालयलाई शैक्षिक सामग्री सहयोग
समाचार
10 Feb

भिनज क्लबसद्वारा एकै साथ काठमाडौंका २ बिद्यालयलाई शैक्षिक सामग्री सहयोग

  अमेरिकामा स्थापित नेपाली अन्तराष्टिय संस्था भिजन क्लवस् ईन्टरनेशनलले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार...

भिजन क्लवसद्वारा उर्लावारीका अति विपन्न सन्थाल समुदायका विद्यार्थीलाई शैक्षिक  सामग्री वितरण
समाचार
04 Feb

भिजन क्लवसद्वारा उर्लावारीका अति विपन्न सन्थाल समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  अमेरिकामा स्थापित अन्तराष्ट्रिय  सामाजिक संस्था भिजन क्लवस् ईन्टरनेशनलले उर्लावारी नगरपालिका वडा नं. ८...

भिजन क्लव अफ काठमाडौंको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न: दृष्टि विहिन रक्तदाताको उपस्थिती उदाहरणिय
समाचार
14 Jan

भिजन क्लव अफ काठमाडौंको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न: दृष्टि विहिन रक्तदाताको उपस्थिती उदाहरणिय

  सामाजिक सेवामा क्रियाशिल संस्था भिजन क्लवस् ईन्टरनेशनद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको...

भिजन क्लवस ईन्टरनेशनलद्वारा सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
समाचार
23 Dec

भिजन क्लवस ईन्टरनेशनलद्वारा सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  अमेरिकाको न्यूयोर्कमा स्थापित नेपाली सामाजिक संस्था भिजन क्लवस्ले सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वि...

भिजन क्लवको संयोजकत्वमा शैक्षिक सामग्री वितरण
समाचार
20 Dec

भिजन क्लवको संयोजकत्वमा शैक्षिक सामग्री वितरण

बालबालिकालाई शैक्षिक सामग्री वितरण तथा दृष्टि विहिनहरुलाई भोजन सहित स्व. विर बहादुर तामाङको स्मृति कार्यक्रम सम्पन्न भएक...

भिजन क्लवस् ईन्टरनेशनलले गोकर्णेश्वरमा रक्तदान शिविर संचालन गर्दै
समाचार
12 Dec

भिजन क्लवस् ईन्टरनेशनलले गोकर्णेश्वरमा रक्तदान शिविर संचालन गर्दै

२०८० मंसिर २६ गते  सामाजिक सेवामा क्रियाशिल संस्था भिजन क्लवस् ईन्टरनेशनलले रक्तदान कार्यक्रमको आयोजना गर्ने भ...

भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव 'भिजन क्लव अफ काठमाडौं'को चार्टर हस्तान्तरण सम्पन्न
समाचार
11 Dec

भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव 'भिजन क्लव अफ काठमाडौं'को चार्टर हस्तान्तरण सम्पन्न

  मानवीय सेवा र सामाजिक उत्तरदायित्वको उद्येश्य अनुरुप स्थापित भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव भिजन क्लव अफ...

© २०२५ भिजन इन्टरनेशनल न्यूज। सबै अधिकार सुरक्षित।