भिनज क्लबसद्वारा एकै साथ काठमाडौंका २ बिद्यालयलाई शैक्षिक सामग्री सहयोग
समाचार 2 years ago

भिनज क्लबसद्वारा एकै साथ काठमाडौंका २ बिद्यालयलाई शैक्षिक सामग्री सहयोग

Author

Admin

February 10, 2024

 


अमेरिकामा स्थापित नेपाली अन्तराष्टिय संस्था भिजन क्लवस् ईन्टरनेशनलले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार्यक्रम अनुरुप शुक्रबार  (२०८० माघ २६) गते काठमाडौंको कागोश्वरी नगरपालिकाका २ वटा विद्यालयलाई एकै दिन शैक्षिक सामग्री वितरण गरेको छ ।  संस्थाको नेपाल केन्द्रिय शाखा भिजन क्लवस् अफ काठमाडौंले शुक्रबार कागेश्वरी मनहरा - २ मा रहेको श्री नाथेश्वर आधारभूत विद्यालय र वडा नं. ३ मा रहेको श्री बाल विकास माध्यामिक बिद्यालयलाई कापी- कलम वितरण गरेको हो । 

 

भिजन क्लवस अफ काठमाडौंका अध्यक्ष राज कृष्ण श्रेष्ठ  सहित शुक्रबार विद्यालयहरुमा पुगेको भिजन टिमले पहिलो सहयोग कार्यक्रम वडा नं. २  विपन्न परिवारका बालबालिका अध्ययनरत श्री नाथेश्वर आधारभूत विद्यालयमा सम्पन्न गरेको थियो । जहाँ हाल ३६ जना बालबालिका अध्ययनरत छन् ।

 

विक्रम संवत २०४६ सालमा स्थापना भएको यस विद्यालयमा प्रध्यानध्यापक सहित २ शिक्षक र २ शिक्षिका तथा १ जना कार्यलय सहयोगी गरि ५ जना कर्मचारी रहेका छन् । आफ्नो जीवनको ३४ बर्ष पुरै यसै विद्यालयमा मात्र विताउनु भएका प्रधानध्यापक रामभक्त खड्काका अनुसार निजि विद्यालयको विस्तार संगै यस विद्यालय विपन्न पारिवारिक अवस्थाका बालबालिका मात्रले अध्ययन गर्ने विद्यालयका रुपमा परिणत भएको छ । जस कारण यहाँ अध्ययनरत प्राय सबै बालबालिकालाई अक्षर सिकाईका लागि आवश्यक कापी कलम देखी जाडो महिनामा न्यानो कपडा सम्मको समस्या रहेको छ । 

 

सुकुल ओछ्याएर सुरु गरिएको यस विद्यालय हालको संरचनात्मक पक्कि घर सम्म पुगेपनि चाहेर पनि अति विपन्न परिवारका बालबालिका अध्ययनरत यस विद्यालयका बालबालिकाहरुका लागि शैक्षिक सामग्री देखी अन्य धेरै सुविधाका सबालमा अन्य विद्यालयको तुलनामा शैक्षिक र सुविधायुक्त वातारण प्रदान गर्न नसकेको प्रधानध्यापक खड्काले बताउनु भयो । 


त्यस्तै दोस्रो सहयोग वितरण अन्तरगतको वडा नं. ३ स्थित श्री बाल बिकास माध्यामिक विद्यालय पुगेको भिजन टिमले सो विद्यालयमा पनि विद्यार्थीका लागि अत्यावश्यक शैक्षिक सामग्रीमा पर्ने कापी कलम वितरण गरेको थियो । 

 

 विक्रम संवत २०१३ सालमा स्थपना भएको यस विद्यालय यस क्षेत्रकै पुरानो मध्यको एक विद्यालय पनि मानिन्छ । प्रा. वि. शिक्षक ५, नि.मा.वि. शिक्षक ५ मा.वि. शिक्षक ईसिडी  शिक्षक  ३ जनाले अध्यापन गराउने यस विद्यालयमा पनि ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउनु पर्ने डेरा गरि बस्ने परिवारका र विपन्न वर्ग र अरुको संरक्षणमा रहेका, घरेलु कामदार अवस्थाका बालबालिकाहरु अध्ययनरत छन् । 

 

प्रधानध्यापक राज कुमार वाईवाका अनुसार मा. वि. स्तरिय विद्यालय भएपनि यस विद्यालयमा प्रारम्भिक अक्षर सिकाई देखि कक्षा १० सम्मकै विद्यार्थीहरु अधिकांस आर्थिक अवस्थाका कमजोर भएका परिवारका बालबालिका रहेका छन् । जसलाई अक्षर सिक्न र गृहकार्य गर्नका लागि समेत पर्याप्त कापि कलमको अभाव रहेको छ  ।    जहाँ बाल बिकास कक्षा देखि कक्षा ५ सम्म १ सय ४ जना बालबालिका अध्ययनरत छन् तर माथि उल्लेखित विविध समस्याका कारण ठुलो संख्यामा अनुपस्थित रहने विद्यार्थीहरु मध्य शुक्रबार पनि जम्मा ५८ जना विद्यार्थी मात्र उपस्थित थिए । 

 

शैक्षिक सामग्री वितरण पूर्व भिजन क्लवस् अफ काठमाडौंका अध्यक्ष श्रेष्ठ स्वयंको निरिक्षण पश्चात विद्यालयमा अध्यनरत बाल विकास कक्षा देखी कक्षा ५ सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।  

 

विभिन्न भिजन सहितका चार्टर स्थापना गरेको संस्थाको विश्वव्यापि सामाजिक अवस्था सुधारको लक्ष्य अन्तरगतका कार्यक्रम मध्यको पहिलो प्राथमिकतामा रहेको शिक्षा योजना कार्यक्रम अनुरुप यसै महिना मात्रै क्लवले यस बर्षको माघ महिनामा मात्रै ४ वटा विद्यालयलाई सहयोग गरेको छ । जसमा माघ ३ गते सिन्धुलीको कृष्ण प्रा.वि, माघ १९ गते मोरङको   बहादुर बाबा चौधरी आधारभुत विद्यालय साथै आज वितरण भएका काठमाडौंका २ विद्यालय नाथेश्वर आधारभूत र बाल विकास मा. वि. रहेका छन् । 

 

गत बर्ष नेपालका ५ विद्यालयका करिव ५ सय जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको क्लवस्ले यस बर्ष आफ्नो लक्ष्य अनुरुप सामाजिक क्रियाशिलतालाई अघि बढाईरहेको छ । जसबाट विगतका बर्षहरुमा भन्दा यस बर्ष संस्थाले संख्यात्मक रुपमा शिक्षा र स्वास्थ्य क्षेत्रसंवद्ध धेरै कार्यक्रमहरु गर्न सक्ने देखिन्छ । 


 

फोटो ग्यालेरी

Gallery image 1
Gallery image 2
Gallery image 3
Gallery image 4
Gallery image 5
Gallery image 6
Gallery image 7
Gallery image 8
Gallery image 9
Gallery image 10
Gallery image 11
Gallery image 12
Gallery image 13
Gallery image 14
Gallery image 15
Gallery image 16
Gallery image 17
Gallery image 18
Gallery image 19
Gallery image 20

तपाईंलाई यो पनि मन पर्न सक्छ

भिजन क्लब काठमाडौंको दोस्रो बार्षिक साधारण सभा नगरकोटमा सम्पन्न
समाचार
04 Aug

भिजन क्लब काठमाडौंको दोस्रो बार्षिक साधारण सभा नगरकोटमा सम्पन्न

काठमाडौं । भिजन क्लब्स् इन्टरनेशनलको दोस्रो बार्षिक साधारण सभा तथा रिफ्रेशमेन्ट कार्यक्रम नगरकोट स्थित नगरकोट शांग्रीला...

भिजन क्लब्स् इन्टरनेशनलद्वारा बाल उद्धार मा.वि. मा शैक्षिक सामग्री वितरण
समाचार
18 Feb

भिजन क्लब्स् इन्टरनेशनलद्वारा बाल उद्धार मा.वि. मा शैक्षिक सामग्री वितरण

फागुन ४, काठमाडौं । भिजन क्लबस्  इन्टरनेशनलले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ गागलफेदीमा शैक्षिक सामग्री (स्टे...

भिजन क्लवसद्वारा उर्लावारीका अति विपन्न सन्थाल समुदायका विद्यार्थीलाई शैक्षिक  सामग्री वितरण
समाचार
04 Feb

भिजन क्लवसद्वारा उर्लावारीका अति विपन्न सन्थाल समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  अमेरिकामा स्थापित अन्तराष्ट्रिय  सामाजिक संस्था भिजन क्लवस् ईन्टरनेशनलले उर्लावारी नगरपालिका वडा नं. ८...

भिजन क्लवसद्वारा सिन्धुलीको कृष्ण प्राविका अति विपन्न विद्यार्थीलाई सहयोग
समाचार
18 Jan

भिजन क्लवसद्वारा सिन्धुलीको कृष्ण प्राविका अति विपन्न विद्यार्थीलाई सहयोग

अमेरिकामा स्थापित नेपाली अन्तराष्टिय संस्था भिजन क्लवस् ईन्टरनेशनलले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार्यक्रम अनुरु...

भिजन क्लव अफ काठमाडौंको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न: दृष्टि विहिन रक्तदाताको उपस्थिती उदाहरणिय
समाचार
14 Jan

भिजन क्लव अफ काठमाडौंको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न: दृष्टि विहिन रक्तदाताको उपस्थिती उदाहरणिय

  सामाजिक सेवामा क्रियाशिल संस्था भिजन क्लवस् ईन्टरनेशनद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको...

भिजन क्लवस ईन्टरनेशनलद्वारा सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
समाचार
23 Dec

भिजन क्लवस ईन्टरनेशनलद्वारा सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  अमेरिकाको न्यूयोर्कमा स्थापित नेपाली सामाजिक संस्था भिजन क्लवस्ले सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वि...

भिजन क्लवको संयोजकत्वमा शैक्षिक सामग्री वितरण
समाचार
20 Dec

भिजन क्लवको संयोजकत्वमा शैक्षिक सामग्री वितरण

बालबालिकालाई शैक्षिक सामग्री वितरण तथा दृष्टि विहिनहरुलाई भोजन सहित स्व. विर बहादुर तामाङको स्मृति कार्यक्रम सम्पन्न भएक...

भिजन क्लवस् ईन्टरनेशनलले गोकर्णेश्वरमा रक्तदान शिविर संचालन गर्दै
समाचार
12 Dec

भिजन क्लवस् ईन्टरनेशनलले गोकर्णेश्वरमा रक्तदान शिविर संचालन गर्दै

२०८० मंसिर २६ गते  सामाजिक सेवामा क्रियाशिल संस्था भिजन क्लवस् ईन्टरनेशनलले रक्तदान कार्यक्रमको आयोजना गर्ने भ...

भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव 'भिजन क्लव अफ काठमाडौं'को चार्टर हस्तान्तरण सम्पन्न
समाचार
11 Dec

भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव 'भिजन क्लव अफ काठमाडौं'को चार्टर हस्तान्तरण सम्पन्न

  मानवीय सेवा र सामाजिक उत्तरदायित्वको उद्येश्य अनुरुप स्थापित भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव भिजन क्लव अफ...

© २०२५ भिजन इन्टरनेशनल न्यूज। सबै अधिकार सुरक्षित।