भिजन क्लब काठमाडौंको दोस्रो बार्षिक साधारण सभा नगरकोटमा सम्पन्न
समाचार 1 year ago

भिजन क्लब काठमाडौंको दोस्रो बार्षिक साधारण सभा नगरकोटमा सम्पन्न

Author

Vision Int Team

August 04, 2024

काठमाडौं । भिजन क्लब्स् इन्टरनेशनलको दोस्रो बार्षिक साधारण सभा तथा रिफ्रेशमेन्ट कार्यक्रम नगरकोट स्थित नगरकोट शांग्रीला रिसोर्टमा सम्पन्न भएको छ ।

साउन १९ गते शनिवार नगरकोटमा भिजन क्लब्स् ईन्टरनेशनलको पहिलो क्लब भिजन क्लब काठमाडौंको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो । वार्षिक साधारण सभामा क्लबका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरुको उपस्थिती रहेको थियो । भिसिआई काठमाडौंका प्रेसिडेण्ट राज कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा भिजन क्लब अफ काठमाडौंका सेक्रेटरी भिसिआई ध्रुव कुमार श्रेष्ठले प्रस्तुत गर्नु भएको प्रतिवेदन तथा ट्रेजरर भिसिआई जय राज श्रेष्ठले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन पारित भएको थियो ।

कार्यक्रममा नयाँ सदस्यहरुलाई स्वागत गर्दै क्लबको पिन लगाईएको थियो भनें सदस्यताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो । साधारण सभामा उपाध्यक्ष जीवन श्रेष्ठ, सदस्यहरु विष्णुपुकार श्रेष्ठ, राजकुमार श्रेष्ठ, कृष्ण श्रेष्ठ, बालकृष्ण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

सभाको शुरुमा भिजन क्लब काठमाडौंका उपस्थित सबैलाई खादा र फुलको मालाले स्वागत गरिएको थियो । राष्ट्रिय गान पछि सदस्यहरुले आ–आफ्नो परिचय दिनु भएको थियो ।

वार्षिक साधारण सभालाई सम्बोधन गर्नु हुँदै प्रेसिडेण्ट राज कृष्ण श्रेष्ठले मानवीय सेवा र सामाजिक उत्तरदायित्वको मुख्य उदेश्यले स्थापित भिजन क्लब काठमाडौंले महत्वपूर्ण र उत्कृष्ठ सामाजिक तथा मानवीय सेवा मुलक कार्य गर्दै आएकोले आगामी दिनमा अझ व्यवस्थित र साुमहिक योजनाका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

सो अवसरमा भिसिआई काठमाडौंका प्रेसिडेण्ट राज कृष्ण श्रेष्ठले भिजन क्लब्स् इन्टरनेशनलका संस्थापक प्रेसिडेण्ट मंगलदास श्रेष्ठले सामुहिक रुपमा मानवीय सेवाका कार्य गर्न संस्थाको परिकल्पना गर्नु भएको स्मरण गर्नु हुँदै क्लबको सञ्चालन तथा विभिन्न कार्यक्रमहरुका लागि समेत संस्थापक प्रेसिडेण्टबाट महत्वपूर्ण सहयोग प्राप्त भईरहेको जानकारी दिनु भयो । साधारण सभाको अवसरमा रेफ्रेशमेन्ट कार्यक्रम समेत गरिएको थियो । 

सामाजिक सेवाको क्षेत्रमा सामुहिक कार्य गर्ने उदेश्यले स्थापना भएको भिजन क्लब्स् इन्टरनेशनलले स्थापनादेखि नै शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा कार्य गर्दै आएको भिसिआई काठमाडौं प्रेसिडेण्ट राज कृष्ण श्रेष्ठले बताउनु भयो । सन् २०२१ अगष्ट ११ मा अमेरिकाको न्यूयोर्कमा स्थापना गरिएको भिजन क्लब्स् इन्टरनेशनलको संस्थापक प्रेसिडेण्ट तथा इन्टरनेशनल प्रेसिडेण्ट समाजसेवी व्यक्तित्व मंगलदास श्रेष्ठ हुनुहुन्छ । 

तपाईंलाई यो पनि मन पर्न सक्छ

भिजन क्लब्स् इन्टरनेशनलद्वारा बाल उद्धार मा.वि. मा शैक्षिक सामग्री वितरण
समाचार
18 Feb

भिजन क्लब्स् इन्टरनेशनलद्वारा बाल उद्धार मा.वि. मा शैक्षिक सामग्री वितरण

फागुन ४, काठमाडौं । भिजन क्लबस्  इन्टरनेशनलले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ गागलफेदीमा शैक्षिक सामग्री (स्टे...

भिनज क्लबसद्वारा एकै साथ काठमाडौंका २ बिद्यालयलाई शैक्षिक सामग्री सहयोग
समाचार
10 Feb

भिनज क्लबसद्वारा एकै साथ काठमाडौंका २ बिद्यालयलाई शैक्षिक सामग्री सहयोग

  अमेरिकामा स्थापित नेपाली अन्तराष्टिय संस्था भिजन क्लवस् ईन्टरनेशनलले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार...

भिजन क्लवसद्वारा उर्लावारीका अति विपन्न सन्थाल समुदायका विद्यार्थीलाई शैक्षिक  सामग्री वितरण
समाचार
04 Feb

भिजन क्लवसद्वारा उर्लावारीका अति विपन्न सन्थाल समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  अमेरिकामा स्थापित अन्तराष्ट्रिय  सामाजिक संस्था भिजन क्लवस् ईन्टरनेशनलले उर्लावारी नगरपालिका वडा नं. ८...

भिजन क्लवसद्वारा सिन्धुलीको कृष्ण प्राविका अति विपन्न विद्यार्थीलाई सहयोग
समाचार
18 Jan

भिजन क्लवसद्वारा सिन्धुलीको कृष्ण प्राविका अति विपन्न विद्यार्थीलाई सहयोग

अमेरिकामा स्थापित नेपाली अन्तराष्टिय संस्था भिजन क्लवस् ईन्टरनेशनलले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार्यक्रम अनुरु...

भिजन क्लव अफ काठमाडौंको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न: दृष्टि विहिन रक्तदाताको उपस्थिती उदाहरणिय
समाचार
14 Jan

भिजन क्लव अफ काठमाडौंको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न: दृष्टि विहिन रक्तदाताको उपस्थिती उदाहरणिय

  सामाजिक सेवामा क्रियाशिल संस्था भिजन क्लवस् ईन्टरनेशनद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको...

भिजन क्लवस ईन्टरनेशनलद्वारा सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
समाचार
23 Dec

भिजन क्लवस ईन्टरनेशनलद्वारा सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  अमेरिकाको न्यूयोर्कमा स्थापित नेपाली सामाजिक संस्था भिजन क्लवस्ले सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वि...

भिजन क्लवको संयोजकत्वमा शैक्षिक सामग्री वितरण
समाचार
20 Dec

भिजन क्लवको संयोजकत्वमा शैक्षिक सामग्री वितरण

बालबालिकालाई शैक्षिक सामग्री वितरण तथा दृष्टि विहिनहरुलाई भोजन सहित स्व. विर बहादुर तामाङको स्मृति कार्यक्रम सम्पन्न भएक...

भिजन क्लवस् ईन्टरनेशनलले गोकर्णेश्वरमा रक्तदान शिविर संचालन गर्दै
समाचार
12 Dec

भिजन क्लवस् ईन्टरनेशनलले गोकर्णेश्वरमा रक्तदान शिविर संचालन गर्दै

२०८० मंसिर २६ गते  सामाजिक सेवामा क्रियाशिल संस्था भिजन क्लवस् ईन्टरनेशनलले रक्तदान कार्यक्रमको आयोजना गर्ने भ...

भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव 'भिजन क्लव अफ काठमाडौं'को चार्टर हस्तान्तरण सम्पन्न
समाचार
11 Dec

भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव 'भिजन क्लव अफ काठमाडौं'को चार्टर हस्तान्तरण सम्पन्न

  मानवीय सेवा र सामाजिक उत्तरदायित्वको उद्येश्य अनुरुप स्थापित भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव भिजन क्लव अफ...

© २०२५ भिजन इन्टरनेशनल न्यूज। सबै अधिकार सुरक्षित।