भिजन क्लब अफ काठमाडौंको कार्यालय उद्घाटन
Vision Int Team
September 02, 2024
भदौ १६, काठमाडौं । भिजन क्लब्स् ईन्टरनेशनलको पहीलो क्लब भिजन क्लब अफ काठमाडौंको कार्यालयको औपचारिक उद्घाटन भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ नोहकिलमा रहेको कार्यालयको शनिवार मेयर दीपक रिसालले उद्घाटन गर्नु भयो ।
विदेशमा छरिएर रहेका नेपालीले सामाजिक र मानवीय सेवाका लागि एकजुट भएर संस्थागत कार्य गर्ने उदेश्यका साथ स्थापना भएको भिजन क्लब अफ काठमाडौंको कार्यालयको स्थापना गरि औपचारिक उद्घाटन गरिएको हो ।
कार्यालय उद्घाटनका अवसरमा मेयर दीपक रिसालले भिजन क्लब अफ इन्टरनेशनलका संस्थापक अध्यक्ष मंगलदास श्रेष्ठको मानवीय कार्यको प्रशंसा गर्नु हुँदै सामाजिक तथा मानवीय कार्यमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा क्लबका विभिन्न प्रतिवेदनहरु पारित गरिनुका साथै नयाँ सदस्यहरुलाई स्वागत गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो ।
यसैगरी, भिसिआई काठमाडौं प्रेसिडेण्ट राजकृष्ण श्रेष्ठले कार्यालय स्थापनाका लागि सबै खर्च व्यहोरि सहयोग गर्नु भएकोमा भिजन क्लब अफ इन्टरनेशनलका संस्थापक अध्यक्ष मंगलदास श्रेष्ठ प्रति धन्यवाद तथा आभार व्यक्त गर्नु भयो ।
कार्यक्रममा भिसिआइ काठमाडौंका अध्यक्ष राजकृष्ण श्रेष्ठ, भिजन क्लब अफ काठमाडौंका सचिव भिसीआई ध्रुवकुमार श्रेष्ठ र कार्यसमिति सदस्यहरु बिष्णु बहादुर श्रेष्ठ, नवराज बास्तोला, राजकुमार श्रेष्ठ, कृष्ण श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, सूर्यकुमार श्रेष्ठ, रत्न श्रेष्ठ, चन्द्र बहादुर श्रेष्ठ, हरि दास श्रेष्ठ, रमेश मल्ल, ज्ञान दास श्रेष्ठ, श्याम कृष्ण श्रेष्ठ, विशान्त पोखरेल लगायतकाको उपस्थिति रहेको थियो ।