भिजन क्लव अफ काठमाडौंको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न: दृष्टि विहिन रक्तदाताको उपस्थिती उदाहरणिय
समाचार 2 years ago

भिजन क्लव अफ काठमाडौंको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न: दृष्टि विहिन रक्तदाताको उपस्थिती उदाहरणिय

Author

Admin

January 14, 2024

 

सामाजिक सेवामा क्रियाशिल संस्था भिजन क्लवस् ईन्टरनेशनद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । क्लवसको भिजन क्लव अफ काठमाडौं शाखाले शनिवार काठमाडौंको नयांपाटीमा आयोजना गरेको एक दिने रक्तदान शिविरमा रक्तदाताको उल्लेखनिय सहभागिता सहित सम्पन्न भएको हो । 

 

सांसद सन्तोष चालिसे र गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा गोकर्णेश्वर क्षेत्रका विभिन्न स्थानबाट रक्तदाताहरुको उपस्थिती रहेको थियो ।  भिजन क्लवस ईन्टरनेशनलका बोर्ड डिरेक्टर तथा ग्लोवल हेल्थ सर्भिस कोअर्डिनेटर विष्णु बहादुर श्रेष्ठका अनुसार विहान १० बजेबाट सुरु भएको रक्तदान कार्यक्रम दिउँसो २ बजेसम्म संचालन भएको थियो । 

 

आफु स्वयंले समेत यस पटक सहित जीवनमा ९१ पटक रक्तदान गरेका हेल्थ कोअर्डिनेटर श्रेष्ठले आजको रक्तदान शिविरमा पहिलो पटक रक्तदान गर्नेहरु देखि कयौं पटक रक्तदान गरिसकेका व्यक्तीहरुको सहभागिता रहेको जानकारी दिएका छन् । 

आजको रक्तदान कार्यक्रमका संयोजक समेत रहेका श्रेष्ठका अनुसार आजको रक्तदान कार्यक्रमबारे जानकारी पाएर सहभागि एक दृष्टी विहिन दम्पत्तीको उपस्थिती मानविय धर्मको पृथक उदाहरणका पेस गरेको थियो । गोकर्णेश्वरको नयाँपाटी बस्दै आएका दृष्टि विहिन राकेश यादव र उनकी दृष्टिविहिन श्रीमती रक्तदान कार्यक्रम हुँदैछ भन्ने थाहा पाएर पहिलो पटक रक्तदान गर्न कार्यक्रम स्थल पुगेका थिए । रक्तदानका लागि आवश्यक स्वास्थ्य परामर्स सहितको कार्यक्रमा यादव पहिलो पटक रक्तदान गर्न पाउँदा अत्यन्त खुशी देखिन्थे भने श्रीमानसंगै रक्तदान गर्न पुगेकी उनकी श्रीमतीले महिनावारी भएको आज ५ दिन मात्र भएका कारण आजको कार्यक्रमा रक्तदान गर्न नपाएपनि आगामी दिनमा आफु रक्तदान कार्यक्रममा सहभागि हुँदै जाने बताएकी छन् ।


 रक्तदान जीवन दान भन्ने मुल नारा सहित आयोजित कार्यक्रममा विभिन्न उमेर समुहका रक्तदाताको उपस्थिती रहेको थियो । भिजन क्लवस ईन्टरनेशनलको फष्ट भाईस प्रेशिडेण्ट तथा भिजन क्लव अफ काठमाडौंका अध्यक्ष राज कृष्ण श्रेष्ठ लगायत संस्थाका अघिकांस पदाधिकारीहरु समेतले रक्तदान गरेको कार्यक्रममा करिव ६० जना रक्तदान गर्न ईच्छुकहरुको सहभागिता रहेको थियो । रक्तदानका लागि आवश्यक स्वास्थ्य परिक्षण पछि ३८ जना रक्तदाताले आजको कार्यक्रममा रक्तदान गरेको कुरा प्रचार प्रसार संयोजक जिवन श्रेष्ठले बताएका छन् । 

 

स्थापनाको सुरुवाती समय देखि नै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै आएको भिजन क्लवसको आजको रक्तदान कार्यक्रममा पनि सो क्षेत्रमा स्थानिय तथा सामाजिक अभियन्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।  यस अघि पनि गत अगष्ट दोस्रो साता नेपाल मेडिकल कलेजसंगको सहकार्यमा रक्तदान शिविर संचालन गरेको संस्थाद्वारा आयोजित आजको कार्यक्रममा  पनि नेपाल मेडिकल कलेज र गोकर्णेश्वर नगरपालिकासंग समन्वयात्मक भूमिकामा रहेका थिए ।  कार्यक्रममा सहभागी रक्तदातालाई फलफुल, अण्डा, जुस साथै प्रमाणपत्र वितरण गरिएको छ । 

 

मानविय सेवा भावको विस्तार र सामाजिक उत्तरदाहित्व निर्वाहका निम्ति सन् २०२१ को अगष्ट ११ तारिकका दिन अमेरिकाको न्यूयोर्कमा स्थापित नेपाली संस्था भिजन क्लबस् ईन्टरनेशनले  स्थापनाको छोटो समयमा नै बालबालिका, बृद्धबृद्धा, विपन्न लगायतका बर्ग लक्षित विविध कार्यक्रमहरु गर्दै आएको छ । जसमध्य विभिन्न समयमा आयोजित स्वास्थ्य क्षेत्र संवद्ध रक्तदान, आँखा शिविर लगायत कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन हुँदै आएका छन् ।

फोटो ग्यालेरी

Gallery image 1
Gallery image 2
Gallery image 3
Gallery image 4
Gallery image 5
Gallery image 6
Gallery image 7
Gallery image 8
Gallery image 9
Gallery image 10
Gallery image 11
Gallery image 12
Gallery image 13
Gallery image 14
Gallery image 15
Gallery image 16
Gallery image 17
Gallery image 18
Gallery image 19
Gallery image 20
Gallery image 21
Gallery image 22
Gallery image 23
Gallery image 24
Gallery image 25
Gallery image 26
Gallery image 27
Gallery image 28
Gallery image 29
Gallery image 30
Gallery image 31
Gallery image 32

तपाईंलाई यो पनि मन पर्न सक्छ

भिजन क्लब काठमाडौंको दोस्रो बार्षिक साधारण सभा नगरकोटमा सम्पन्न
समाचार
04 Aug

भिजन क्लब काठमाडौंको दोस्रो बार्षिक साधारण सभा नगरकोटमा सम्पन्न

काठमाडौं । भिजन क्लब्स् इन्टरनेशनलको दोस्रो बार्षिक साधारण सभा तथा रिफ्रेशमेन्ट कार्यक्रम नगरकोट स्थित नगरकोट शांग्रीला...

भिजन क्लब्स् इन्टरनेशनलद्वारा बाल उद्धार मा.वि. मा शैक्षिक सामग्री वितरण
समाचार
18 Feb

भिजन क्लब्स् इन्टरनेशनलद्वारा बाल उद्धार मा.वि. मा शैक्षिक सामग्री वितरण

फागुन ४, काठमाडौं । भिजन क्लबस्  इन्टरनेशनलले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ गागलफेदीमा शैक्षिक सामग्री (स्टे...

भिनज क्लबसद्वारा एकै साथ काठमाडौंका २ बिद्यालयलाई शैक्षिक सामग्री सहयोग
समाचार
10 Feb

भिनज क्लबसद्वारा एकै साथ काठमाडौंका २ बिद्यालयलाई शैक्षिक सामग्री सहयोग

  अमेरिकामा स्थापित नेपाली अन्तराष्टिय संस्था भिजन क्लवस् ईन्टरनेशनलले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार...

भिजन क्लवसद्वारा उर्लावारीका अति विपन्न सन्थाल समुदायका विद्यार्थीलाई शैक्षिक  सामग्री वितरण
समाचार
04 Feb

भिजन क्लवसद्वारा उर्लावारीका अति विपन्न सन्थाल समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  अमेरिकामा स्थापित अन्तराष्ट्रिय  सामाजिक संस्था भिजन क्लवस् ईन्टरनेशनलले उर्लावारी नगरपालिका वडा नं. ८...

भिजन क्लवसद्वारा सिन्धुलीको कृष्ण प्राविका अति विपन्न विद्यार्थीलाई सहयोग
समाचार
18 Jan

भिजन क्लवसद्वारा सिन्धुलीको कृष्ण प्राविका अति विपन्न विद्यार्थीलाई सहयोग

अमेरिकामा स्थापित नेपाली अन्तराष्टिय संस्था भिजन क्लवस् ईन्टरनेशनलले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार्यक्रम अनुरु...

भिजन क्लवस ईन्टरनेशनलद्वारा सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
समाचार
23 Dec

भिजन क्लवस ईन्टरनेशनलद्वारा सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  अमेरिकाको न्यूयोर्कमा स्थापित नेपाली सामाजिक संस्था भिजन क्लवस्ले सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वि...

भिजन क्लवको संयोजकत्वमा शैक्षिक सामग्री वितरण
समाचार
20 Dec

भिजन क्लवको संयोजकत्वमा शैक्षिक सामग्री वितरण

बालबालिकालाई शैक्षिक सामग्री वितरण तथा दृष्टि विहिनहरुलाई भोजन सहित स्व. विर बहादुर तामाङको स्मृति कार्यक्रम सम्पन्न भएक...

भिजन क्लवस् ईन्टरनेशनलले गोकर्णेश्वरमा रक्तदान शिविर संचालन गर्दै
समाचार
12 Dec

भिजन क्लवस् ईन्टरनेशनलले गोकर्णेश्वरमा रक्तदान शिविर संचालन गर्दै

२०८० मंसिर २६ गते  सामाजिक सेवामा क्रियाशिल संस्था भिजन क्लवस् ईन्टरनेशनलले रक्तदान कार्यक्रमको आयोजना गर्ने भ...

भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव 'भिजन क्लव अफ काठमाडौं'को चार्टर हस्तान्तरण सम्पन्न
समाचार
11 Dec

भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव 'भिजन क्लव अफ काठमाडौं'को चार्टर हस्तान्तरण सम्पन्न

  मानवीय सेवा र सामाजिक उत्तरदायित्वको उद्येश्य अनुरुप स्थापित भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव भिजन क्लव अफ...

© २०२५ भिजन इन्टरनेशनल न्यूज। सबै अधिकार सुरक्षित।