भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव 'भिजन क्लव अफ काठमाडौं'को चार्टर हस्तान्तरण सम्पन्न
News 2 years ago

भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव 'भिजन क्लव अफ काठमाडौं'को चार्टर हस्तान्तरण सम्पन्न

AD

Admin

December 11, 2023

 

मानवीय सेवा र सामाजिक उत्तरदायित्वको उद्येश्य अनुरुप स्थापित भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव भिजन क्लव अफ काठमाडौंको संस्थामा आवध्दता चार्टर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । । गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यता र उप-प्रमुख सान्नानी लामाको विषेश आतिथ्यतामा गत  शनिबारका मंसिर ९ गते ( नोभेम्बर २५ ) का दिन विविध कार्यक्रम सहित भिजन क्लव अफ काठमाडौंको संस्थामा आवध्दता चार्टर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

काठमाडौंको गोकर्णेश्वर ४ उतरवाहिनीमा स्थित हिमाली घरमा आयोजित कार्यक्रममा स्थानिय  बाल- बालिकाहरुद्वारा  साँस्कृतिक महत्व सहितको मौलिक बाद्यय बाधन सहित पानसमा दिप प्रज्वलन गरि उद्याटन गरिएको थियो । 

दुई चरणमा विभाजित कार्यक्रमको पहिलो चरणमा संस्थाका अन्तराष्‍ट्रिय अध्यक्ष मंगल दास श्रेष्ठद्वारा संस्थागत उद्येश्य र योजना सहितको ओरेन्टेनसन प्रमुखतामा रहेको थियो भने दोस्रो चरण अन्तरगत चार्टर हस्तान्तरण, प्रमाणपत्र तथा संस्थाको पिन वितरण, संस्थाको आधिकारिक वेवसाईट र अनलाईन पत्रिका सार्वजनिक लगायतका कार्यक्रमहरु रहेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिपक कुमार रिसालले गोकर्णेश्वरमा हुने जुनसुकै विकासप्रेमी कार्यक्रममा आफ्नो पदिय र व्यक्तिगत दुवै सहयोग रहने बताएउनु भएको छ  । मेयर रिसालले भिजन क्लवस् ईन्टरनेशनल र नगरपालिकाको उदेश्य समान समेत रहेकाले क्ल्वसले गर्ने कार्यहरुमा आफ्नो साथ रहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

त्यस्तै उपप्रमुख सान्नानी लामा, समाजसेवी ईन्द्र तामाङ, भिजन क्लव अफ काठमाडौंका संस्थापक अध्यक्ष राज कृष्ण श्रेष्ठ लगायतले पनि गोकर्णेश्वरको सामाजिक, पर्यटकिय, ऐतिहासिक, पूरातात्विक लगायत विविध क्षेत्रको उचित संरक्षण तथा विस्तार र विकासबारे आ आफ्ना धारण सहित भिजन क्लवस् ईन्टरनेशनलले सामाजिक क्षेत्रमा राखेको उद्येश्य र योजनामा आवश्यक सहकार्यको प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उक्त कार्यक्रम क्लवको सचिव ध्रुब कुमार श्रेष्ठले संचालन गर्नु भएको थियो । 

सामाजिक सेवा भाव सहित लामो समयको छलफल पश्चात सन् २०२१ को अगष्ट ११ तारिकका दिन अमेरिकाको न्यूयोर्कमा स्थापित नेपाली संस्था भिजन क्लबस् ईन्टरनेशनले संस्थाको अन्तराष्ट्रिय सम्मेलन आगामी सन २०२५ देखी हरेक वर्ष अमेरिकाका विभिन्न राज्यमा र क्षेत्रिय सम्मेलन हरेक वर्ष युरोपका विभिन्न देशहरुमा गर्ने समेत लक्ष्य राखेको छ । 

स्थापनाको छोटो समयमा नै बालबालिका, बृद्धबृद्धा, विपन्न लगायतका बर्ग लक्षित विविध कार्यक्रमहरु गर्दै आएको संस्थाले नेपाल अधिराज्य र विपतकालिन अवस्थाका समय विभिन्न देशहरुमा रहेका नेपाली समुदाय लक्षित सामाजिक कार्यका लागि प्रतिवद्धता समेत व्यक्त गर्दै आएको छ । 

संस्थागत अन्य जानकारी र सामाजिक कार्य संवद्ध सहयोग आदान प्रदानका लागि आफ्नै अनलाईन पत्रिका समेत सुरु गरेको क्लवस्ले नेपालको कला, संस्कृति, सम्पदा, शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका क्षेत्रमा हुँदै आएका आफ्ना संस्थागत गतिविधि साथै प्राचिन सम्पदा र संस्कृति संवद्ध जानकारी लगायतका सामग्री प्रकाशन तथा प्रसारण गर्ने छ ।

Photo Gallery

Gallery image 1
Gallery image 2
Gallery image 3
Gallery image 4
Gallery image 5
Gallery image 6
Gallery image 7
Gallery image 8
Gallery image 9
Gallery image 10
Gallery image 11
Gallery image 12
Gallery image 13
Gallery image 14
Gallery image 15
Gallery image 16
Gallery image 17
Gallery image 18
Gallery image 19
Gallery image 20
Gallery image 21
Gallery image 22
Gallery image 23
Gallery image 24
Gallery image 25
Gallery image 26
Gallery image 27
Gallery image 28
Gallery image 29
Gallery image 30
Gallery image 31
Gallery image 32
Gallery image 33
Gallery image 34
Gallery image 35
Gallery image 36

You May Also Like

भिजन क्लब काठमाडौंको दोस्रो बार्षिक साधारण सभा नगरकोटमा सम्पन्न
News
04 Aug

भिजन क्लब काठमाडौंको दोस्रो बार्षिक साधारण सभा नगरकोटमा सम्पन्न

काठमाडौं । भिजन क्लब्स् इन्टरनेशनलको दोस्रो बार्षिक साधारण सभा तथा रिफ्रेशमेन्ट कार्यक्रम नगरकोट स्थित नगरकोट शांग्रीला...

भिजन क्लब्स् इन्टरनेशनलद्वारा बाल उद्धार मा.वि. मा शैक्षिक सामग्री वितरण
News
18 Feb

भिजन क्लब्स् इन्टरनेशनलद्वारा बाल उद्धार मा.वि. मा शैक्षिक सामग्री वितरण

फागुन ४, काठमाडौं । भिजन क्लबस्  इन्टरनेशनलले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ गागलफेदीमा शैक्षिक सामग्री (स्टे...

भिनज क्लबसद्वारा एकै साथ काठमाडौंका २ बिद्यालयलाई शैक्षिक सामग्री सहयोग
News
10 Feb

भिनज क्लबसद्वारा एकै साथ काठमाडौंका २ बिद्यालयलाई शैक्षिक सामग्री सहयोग

  अमेरिकामा स्थापित नेपाली अन्तराष्टिय संस्था भिजन क्लवस् ईन्टरनेशनलले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार...

भिजन क्लवसद्वारा उर्लावारीका अति विपन्न सन्थाल समुदायका विद्यार्थीलाई शैक्षिक  सामग्री वितरण
News
04 Feb

भिजन क्लवसद्वारा उर्लावारीका अति विपन्न सन्थाल समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  अमेरिकामा स्थापित अन्तराष्ट्रिय  सामाजिक संस्था भिजन क्लवस् ईन्टरनेशनलले उर्लावारी नगरपालिका वडा नं. ८...

भिजन क्लवसद्वारा सिन्धुलीको कृष्ण प्राविका अति विपन्न विद्यार्थीलाई सहयोग
News
18 Jan

भिजन क्लवसद्वारा सिन्धुलीको कृष्ण प्राविका अति विपन्न विद्यार्थीलाई सहयोग

अमेरिकामा स्थापित नेपाली अन्तराष्टिय संस्था भिजन क्लवस् ईन्टरनेशनलले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार्यक्रम अनुरु...

भिजन क्लव अफ काठमाडौंको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न: दृष्टि विहिन रक्तदाताको उपस्थिती उदाहरणिय
News
14 Jan

भिजन क्लव अफ काठमाडौंको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न: दृष्टि विहिन रक्तदाताको उपस्थिती उदाहरणिय

  सामाजिक सेवामा क्रियाशिल संस्था भिजन क्लवस् ईन्टरनेशनद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको...

भिजन क्लवस ईन्टरनेशनलद्वारा सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
News
23 Dec

भिजन क्लवस ईन्टरनेशनलद्वारा सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  अमेरिकाको न्यूयोर्कमा स्थापित नेपाली सामाजिक संस्था भिजन क्लवस्ले सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वि...

© Vision International News. All Rights Reserved.