भिजन क्लवस् ईन्टरनेशनलले गोकर्णेश्वरमा रक्तदान शिविर संचालन गर्दै
Admin
December 12, 2023
२०८० मंसिर २६ गते
सामाजिक सेवामा क्रियाशिल संस्था भिजन क्लवस् ईन्टरनेशनलले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । । क्लवस्को काठमाडौं शाखाले आगामी शनिवार काठमाडौंको गोकणेश्वरमा एक दिने रक्तदान शिविर संचालन गर्ने भएको हो ।
स्थापनाको सुरुवाती समय देखि नै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै आएको भिजन क्लवसले शनिवार गर्ने रक्तदान कार्यक्रममा पनि सो क्षेत्रमा स्थानिय तथा सामाजिक अभियन्ताहरुको उल्लेखनिय सहभागिता रहने अपेक्षा गरिएको छ ।
क्लवका रक्तदान संयोजक बिष्णु बहादुर श्रेष्ठ र अध्यक्ष राज कृष्ण श्रेष्ठका अनुसार यस अघि पनि गत अगष्ट दोस्रो साता नेपाल मेडिकल कलेजसंगको सहकार्यमा रक्तदान शिविर संचालन गरेको संस्था शनिवार गर्ने कार्यक्रमको अन्तिम तयारीमा रहेको छ ।
मानविय सेवा भावको विस्तार र सामाजिक उत्तरदाहित्व निर्वाहका निम्ति सन् २०२१ को अगष्ट ११ तारिकका दिन अमेरिकाको न्यूयोर्कमा स्थापित नेपाली संस्था भिजन क्लबस् ईन्टरनेशनले स्थापनाको छोटो समयमा नै बालबालिका, बृद्धबृद्धा, विपन्न लगायतका बर्ग लक्षित विविध कार्यक्रमहरु गर्दै आएको छ ।
संस्थाले नेपाल अधिराज्य र विपतकालिन अवस्थाका समय विभिन्न देशहरुमा रहेका नेपाली समुदाय लक्षित सामाजिक कार्यका लागि प्रतिवद्धता समेत व्यक्त गर्दै आएको संस्थाले आफ्नो अन्तराष्ट्रिय सम्मेलन आगामी सन २०२५ देखी हरेक वर्ष अमेरिकाका विभिन्न राज्यमा र क्षेत्रिय सम्मेलन हरेक वर्ष युरोपका विभिन्न देशहरुमा गर्ने समेत लक्ष्य राखेको छ ।