भिजन क्लवसद्वारा उर्लावारीका अति विपन्न सन्थाल समुदायका विद्यार्थीलाई शैक्षिक  सामग्री वितरण
समाचार 2 years ago

भिजन क्लवसद्वारा उर्लावारीका अति विपन्न सन्थाल समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Author

Admin

February 04, 2024

 


अमेरिकामा स्थापित अन्तराष्ट्रिय  सामाजिक संस्था भिजन क्लवस् ईन्टरनेशनलले उर्लावारी नगरपालिका वडा नं. ८ स्थित बहादुर बाबा चौधरी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । क्लवसको काठमाडौं शाखाले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार्यक्रम अनुरुप उर्लावारी नगरपालिकासंगको समन्वयमा शुक्रबार (२०८० माघ १९ गते) अति विपन्न बालबालिका अध्यनरत बहादुर बाबा चौधरी आधारभूत विद्यालयलाई कापि कलम सहितको सहयोग बितरण गरेको हो । 


उर्लाबारी गरपालिकाका उप प्रमुख मिना कुमारी खतिवडाको प्रमुख आतित्यतामा आयोजित कार्यक्रममा उर्लावारी नगरपालिकाका कृषि शाखा प्रमुख अम्विका लुईटेल, कार्यपालिका सदस्य कृष्ण माया कडरिया, वडा नं. ८ का वडा सदस्य  रुद्र लामिछाने, विद्यालय  व्यवस्थापन समितीका अध्यक्ष भक्त बहादुर खड्का लगायतको विषेश आतिथ्यता रहेको थियो । 


संस्थाका स्थानिय प्रतिनिधी विष्णु प्रसाद विपि भट्टराईको सिफारिसमा उर्लावारी क्षेत्रका विद्यालय अनुगमनमा आएको भिजन क्लवसले दैनिक अक्षर सिकाई र गृहकार्यका लागि समेत कापी कलमको अभाव झेलिरहेका अति विपन्न विद्यार्थीको अवस्था निरिक्षण पश्चात विद्यालयमा अध्यनरत बाल कक्षा देखी कक्षा ५ सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । कार्यक्रममा भिजन क्लवस ईन्टरनेशनलका संस्थापक सदस्य, अन्तराष्टिय डाईरेक्टर तथा भिजन क्लव अफ काठमाडौंका चार्टर सदस्य विष्णु बहादुर श्रेष्ठ र सदस्य सुष्मा देवकोटाको संस्थागत सहभागिता रहेको थियो । 

 

विभिन्न भिजन सहितका चार्टर स्थापना गरेको संस्थाको विश्वव्यापि सामाजिक अवस्था सुधारको लक्ष्य अन्तरगतका कार्यक्रम मध्यको पहिलो प्राथमिकतामा रहेको शिक्षा योजना भित्रको यस कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर उप प्रमुख खतिवडाले अति विपन्न अधिकांश सन्थाल समुदायका बालबालिका अध्यनरत बहादुर बाबा आधारभुत विद्यालयलाई अनुगमन पश्चात छनौट गरी शैक्षिक सामग्री वितरण गरिएको प्रति भिजन क्लवसलाई धन्यवाद दिंदै खुसि ब्यक्त गर्नुका साथै उप प्रमुख खतिवडाले शिक्षा केन्द्रित यस प्रकारका कार्यक्रमा नगरपालिकाको सदैव साथ रहने प्रतिवद्धता सहित विद्यालयमा अध्यनरत बालबालिकाको अवस्थाबारे प्रकाश पारेकी थिईन् ।  

 

त्यस्तै विद्यालयकी प्रधानध्यपक गीता भण्डारीले विद्यालयका आवश्यक शैक्षिक तथा भौतिक पूर्वाधारको अवस्थाबारे जानकारी गराउँदै विद्यालयको स्तरोन्ततिका लागि थप पहलको अपेक्षा सहित अध्यनरत विद्यार्थी मध्यका पनि सहयोगको अत्यावश्यकता रहेका केही विद्यार्थीहरुको पारिवारिक अवस्थाबारे पनि जानकारी गराएकी थिईन् ।  


समाज सेवा जस्तो शंवेदनशिल क्षेत्रमा आउने सहयोगको सहि सदुपयोग हुन सकेमात्र सम्बन्धित व्यक्तीले सो सहयोगको अनुभूत गर्न सक्ने यथार्थलाई ध्यानमा राखि  सहयोगका लागि अनुरोध गरिएका विद्यालयहरु मध्य संस्थाका केन्द्रिय शाखा  पदाधिकारी वा संस्था संवद्ध आधिकारिक व्यक्तीको भौतिक उपस्थितीमा सहयोग आवश्यक विद्यालय मध्यवाट छनौटमा परेका देशका विभिन्न जिल्लाका विद्यालयलाई सहयोग गर्दै आएको भिजन क्लवसले अघिल्लो साता शनिवार उर्लावारी नगरपालिकाका प्रमुख गंगा प्रसाद खरेल सहित विद्यालय अनुगमन पश्चात बहादुर बाबा चौधरी आधारभूत विद्यालयलाई छनौट गरेको हो । 

 

वि.सं. २०४६ सालमा स्थापना भएको यस विद्यालयमा हाल ७० जना अति विपन्न विद्यार्थीहरु अध्ययनरत छन् । जसमध्य प्राय सबै बालबालिकाका अविभावकको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण अध्यनरत विद्यार्थीको मानसिक तथा भौतिक जीवनमा प्रत्यक्ष प्रभाव देखिन्छ । विद्यँलयका अनुसार महिला शिक्षिक मात्रले अध्यापन गराउँदै आएको यस विद्याल अध्यनरत केही विद्यार्धी अति पढाईमा अति तिक्ष्ण भएपनि पारिवारिक गरिविका कारण विचैमा उनिहरुको पढाई छुट्न सक्ने संभावना ज्यादा देखिन्छ । अति विपन्न टुहुरा, एकल आमा र हजुबा हजुरआमा र मामलीले जेनतेन हुर्काईरहेका बालबालिका अध्यनरत यस विद्यालयप्रति स्थानिय र केन्दिय सरकारको ध्यानाकर्षण हुनु जरुरी देखिन्छ । 

 

गत बर्ष नेपालका ५ विद्यालयका करिव ५ सय जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको क्लवसले यस बर्षका लागि पनि सहयोगका लागि विभिन्न विद्यालयहरु छनौट गर्दै सहयोग कार्यक्रमलाई सक्रियता पूर्वक अघि बढाईरहेको छ । 

 

फोटो ग्यालेरी

Gallery image 1
Gallery image 2
Gallery image 3
Gallery image 4
Gallery image 5
Gallery image 6
Gallery image 7
Gallery image 8
Gallery image 9
Gallery image 10
Gallery image 11
Gallery image 12
Gallery image 13
Gallery image 14
Gallery image 15
Gallery image 16
Gallery image 17

तपाईंलाई यो पनि मन पर्न सक्छ

भिजन क्लब काठमाडौंको दोस्रो बार्षिक साधारण सभा नगरकोटमा सम्पन्न
समाचार
04 Aug

भिजन क्लब काठमाडौंको दोस्रो बार्षिक साधारण सभा नगरकोटमा सम्पन्न

काठमाडौं । भिजन क्लब्स् इन्टरनेशनलको दोस्रो बार्षिक साधारण सभा तथा रिफ्रेशमेन्ट कार्यक्रम नगरकोट स्थित नगरकोट शांग्रीला...

भिजन क्लब्स् इन्टरनेशनलद्वारा बाल उद्धार मा.वि. मा शैक्षिक सामग्री वितरण
समाचार
18 Feb

भिजन क्लब्स् इन्टरनेशनलद्वारा बाल उद्धार मा.वि. मा शैक्षिक सामग्री वितरण

फागुन ४, काठमाडौं । भिजन क्लबस्  इन्टरनेशनलले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ गागलफेदीमा शैक्षिक सामग्री (स्टे...

भिनज क्लबसद्वारा एकै साथ काठमाडौंका २ बिद्यालयलाई शैक्षिक सामग्री सहयोग
समाचार
10 Feb

भिनज क्लबसद्वारा एकै साथ काठमाडौंका २ बिद्यालयलाई शैक्षिक सामग्री सहयोग

  अमेरिकामा स्थापित नेपाली अन्तराष्टिय संस्था भिजन क्लवस् ईन्टरनेशनलले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार...

भिजन क्लवसद्वारा सिन्धुलीको कृष्ण प्राविका अति विपन्न विद्यार्थीलाई सहयोग
समाचार
18 Jan

भिजन क्लवसद्वारा सिन्धुलीको कृष्ण प्राविका अति विपन्न विद्यार्थीलाई सहयोग

अमेरिकामा स्थापित नेपाली अन्तराष्टिय संस्था भिजन क्लवस् ईन्टरनेशनलले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार्यक्रम अनुरु...

भिजन क्लव अफ काठमाडौंको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न: दृष्टि विहिन रक्तदाताको उपस्थिती उदाहरणिय
समाचार
14 Jan

भिजन क्लव अफ काठमाडौंको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न: दृष्टि विहिन रक्तदाताको उपस्थिती उदाहरणिय

  सामाजिक सेवामा क्रियाशिल संस्था भिजन क्लवस् ईन्टरनेशनद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको...

भिजन क्लवस ईन्टरनेशनलद्वारा सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
समाचार
23 Dec

भिजन क्लवस ईन्टरनेशनलद्वारा सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  अमेरिकाको न्यूयोर्कमा स्थापित नेपाली सामाजिक संस्था भिजन क्लवस्ले सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वि...

भिजन क्लवको संयोजकत्वमा शैक्षिक सामग्री वितरण
समाचार
20 Dec

भिजन क्लवको संयोजकत्वमा शैक्षिक सामग्री वितरण

बालबालिकालाई शैक्षिक सामग्री वितरण तथा दृष्टि विहिनहरुलाई भोजन सहित स्व. विर बहादुर तामाङको स्मृति कार्यक्रम सम्पन्न भएक...

भिजन क्लवस् ईन्टरनेशनलले गोकर्णेश्वरमा रक्तदान शिविर संचालन गर्दै
समाचार
12 Dec

भिजन क्लवस् ईन्टरनेशनलले गोकर्णेश्वरमा रक्तदान शिविर संचालन गर्दै

२०८० मंसिर २६ गते  सामाजिक सेवामा क्रियाशिल संस्था भिजन क्लवस् ईन्टरनेशनलले रक्तदान कार्यक्रमको आयोजना गर्ने भ...

भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव 'भिजन क्लव अफ काठमाडौं'को चार्टर हस्तान्तरण सम्पन्न
समाचार
11 Dec

भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव 'भिजन क्लव अफ काठमाडौं'को चार्टर हस्तान्तरण सम्पन्न

  मानवीय सेवा र सामाजिक उत्तरदायित्वको उद्येश्य अनुरुप स्थापित भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव भिजन क्लव अफ...

© २०२५ भिजन इन्टरनेशनल न्यूज। सबै अधिकार सुरक्षित।