भिजन क्लब अफ काठमाण्डौंद्वारा मेलम्चि र सिन्धुलीमा शैक्षिक सामग्री वितरण
News 1 year ago

भिजन क्लब अफ काठमाण्डौंद्वारा मेलम्चि र सिन्धुलीमा शैक्षिक सामग्री वितरण

AD

Admin

September 24, 2024

असोज ७, काठमाडौं । भिजन क्लब अफ काठमाण्डौंले आज मेलम्ची नगरपालिकामा शैक्षिक सामग्री स्टेशनरी वितरण गरेको छ । मेलम्ची न.पा वडा नं. ५ सिन्धुकोट स्थित श्री कालिका आधारभुत बिद्यालयका नर्सरी देखि कक्षा ५ सम्मका ७५ जना  बिद्यार्थीहरुलाई क्लबले स्टेशनरी वितरण गरेको हो ।

कार्यक्रममा भिजन क्लब अफ काठमाण्डौंका अध्यक्ष  राजकृष्ण श्रेष्ठ, उपाध्यक्ष जीवन श्रेष्ठ, कोषाध्यक्ष जयराज श्रेष्ठ, भिसिआई विष्णु बहादुर श्रेष्ठ, सैलेश थापा लगायतले मेलम्ची न.पा वडा नं. ५ का वडा अध्यक्ष बुद्ध बहादुर रोक्का, प्रधानाध्यापाक राममणी सिग्देलको उपस्थितीमा विद्यार्थीहरुलाई स्टेशनरी हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा विद्यार्थी भाईबहिनीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको संयोजन शिक्षक भिम बहादुर बस्नेतले गर्नु भएको थियो ।  

यसैगरी भिजन क्लब अफ काठमाण्डौंले असोज ४ गते सिन्धुलीमा शैक्षिक सामग्री वितरण गरेको थियो । भिसिआई विष्णु बहादुर श्रेष्ठ, सैलेश थापाले स्टेशनरी वितरण गर्नु भएको थियो ।

सिन्धुलीमा कक्षा १ देखि ८ सम्मका ९९ जना विद्यार्थीलाई शैक्षिक सामग्री स्टेशनरी वितरण गरिएको भिसिआई विष्णु बहादुर श्रेष्ठले जानकारी दिनु भयो । 
 

You May Also Like

भिजन क्लब काठमाडौंको दोस्रो बार्षिक साधारण सभा नगरकोटमा सम्पन्न
News
04 Aug

भिजन क्लब काठमाडौंको दोस्रो बार्षिक साधारण सभा नगरकोटमा सम्पन्न

काठमाडौं । भिजन क्लब्स् इन्टरनेशनलको दोस्रो बार्षिक साधारण सभा तथा रिफ्रेशमेन्ट कार्यक्रम नगरकोट स्थित नगरकोट शांग्रीला...

भिजन क्लब्स् इन्टरनेशनलद्वारा बाल उद्धार मा.वि. मा शैक्षिक सामग्री वितरण
News
18 Feb

भिजन क्लब्स् इन्टरनेशनलद्वारा बाल उद्धार मा.वि. मा शैक्षिक सामग्री वितरण

फागुन ४, काठमाडौं । भिजन क्लबस्  इन्टरनेशनलले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ गागलफेदीमा शैक्षिक सामग्री (स्टे...

भिनज क्लबसद्वारा एकै साथ काठमाडौंका २ बिद्यालयलाई शैक्षिक सामग्री सहयोग
News
10 Feb

भिनज क्लबसद्वारा एकै साथ काठमाडौंका २ बिद्यालयलाई शैक्षिक सामग्री सहयोग

  अमेरिकामा स्थापित नेपाली अन्तराष्टिय संस्था भिजन क्लवस् ईन्टरनेशनलले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार...

भिजन क्लवसद्वारा उर्लावारीका अति विपन्न सन्थाल समुदायका विद्यार्थीलाई शैक्षिक  सामग्री वितरण
News
04 Feb

भिजन क्लवसद्वारा उर्लावारीका अति विपन्न सन्थाल समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  अमेरिकामा स्थापित अन्तराष्ट्रिय  सामाजिक संस्था भिजन क्लवस् ईन्टरनेशनलले उर्लावारी नगरपालिका वडा नं. ८...

भिजन क्लवसद्वारा सिन्धुलीको कृष्ण प्राविका अति विपन्न विद्यार्थीलाई सहयोग
News
18 Jan

भिजन क्लवसद्वारा सिन्धुलीको कृष्ण प्राविका अति विपन्न विद्यार्थीलाई सहयोग

अमेरिकामा स्थापित नेपाली अन्तराष्टिय संस्था भिजन क्लवस् ईन्टरनेशनलले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार्यक्रम अनुरु...

भिजन क्लव अफ काठमाडौंको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न: दृष्टि विहिन रक्तदाताको उपस्थिती उदाहरणिय
News
14 Jan

भिजन क्लव अफ काठमाडौंको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न: दृष्टि विहिन रक्तदाताको उपस्थिती उदाहरणिय

  सामाजिक सेवामा क्रियाशिल संस्था भिजन क्लवस् ईन्टरनेशनद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको...

भिजन क्लवस ईन्टरनेशनलद्वारा सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
News
23 Dec

भिजन क्लवस ईन्टरनेशनलद्वारा सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  अमेरिकाको न्यूयोर्कमा स्थापित नेपाली सामाजिक संस्था भिजन क्लवस्ले सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वि...

भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव 'भिजन क्लव अफ काठमाडौं'को चार्टर हस्तान्तरण सम्पन्न
News
11 Dec

भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव 'भिजन क्लव अफ काठमाडौं'को चार्टर हस्तान्तरण सम्पन्न

  मानवीय सेवा र सामाजिक उत्तरदायित्वको उद्येश्य अनुरुप स्थापित भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव भिजन क्लव अफ...

© Vision International News. All Rights Reserved.